सिरहाको निर्माणाधीन नालामा एक युवकको शव फेला

जनकपुरधाम, कार्तिक १० गते । सिरहाको मिचैयामा निर्माणधीन नालामा एक युवकको शव फेला परेको हो । मृत फेला पर्नेमा सिराहाकै कल्याणपुर नगरपालिका १ अर्नमाका २८ वर्षीय नितेश कामती रहेका छन् ।

मिर्चैया नगरपालिका ६ स्थित निर्माणाधीन नालामा शुक्रबार उनको शव फेला परेको सिराहाका प्रहरी प्रवक्ता डिएसपी वीरेन्द्रकुमार पासमानले जानकारी दिए ।

मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहा पठाएको र घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

ताजा समाचार

Related Articles