अभिमनु पटेल, रौतहट, २३ गते चैत । रौतहटको राजदेवी नगरपालिका–९ ब्रहम्पुरी गाँउमा आज निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

शिविरमा ३ सय ९३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् । शिविर असल छिमेकी नेपाल पोखरा कास्कीको आयोजना र राजदेवी नगरपालिका रौतहटको सहकार्यमा भएको हो ।
शनिबार श्री माध्यमिक विधालय राजदेवी नपा, ९ ब्रहम्पुरीको परिसरमा भएको शिविरमा पेट, छाती, मधुमेह, हाडजोर्नी, दाँत, मुख, गिजा, नशा, लगायत रोगहरुको रगत परिक्षण, सुगर, हेमोग्लोविन तथा रगत समूह सहित सामान्य स्वास्थ्य जाँच समेत गरिएको छ ।
निःशुल्क स्वास्थ्य शिविरमा अहम भुमिका निर्वाह गर्ने क्रियासिल युवा समाजसेवी नवीन कुमार सिंहको पहलमा भएको हो । शिविरमा चेकजाँच गराउन आएका सबै बिरामीलाई २ लाख ५० हजार बराबरको विभिन्न औषधी समेत ल्याइएको सिंहले बताएका छन ।
उक्त शिविरमा नेपाल चिकित्सक संघ केन्द्रिय उपाध्यक्ष तथा मधेश प्रदेश संयोजक डा.निरज कुमार सिंह, दाँत तथा गिजा रोग विशेषज्ञ डा. विकास कुमार पटेल र वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. नवीन कुमार सिंहले बिरामीको चेकजाँच गरेका थिए ।
यसमा सहयोग गर्ने र आफनो अमुल्य समय दिने स्वास्थ्यकर्मीहरुलाई धन्यवाद ज्ञापन गर्दै सम्मानपत्रबाट राजदेवी नगरपालिकाका मेयर भिखारी प्रसाद यादवले सम्मान गरेका छन । अगामी दिनमा हाम्रो पालिकामा यस्तै समाज र जनताको प्रत्येक्ष लाभ हुने कार्यमा पूर्ण रुपमा सहयोग रहने उनले बताए । असल छिमेकी नेपाल पोखरा कास्कीले यो पालिकाको विभिन्न अप्रिय घटना जस्तै बाढीपीडित, आगजनी वा अन्य कुनै समस्या परेको बेला वास्तविक छिमेकी भन्ने उखानलाई प्रमाणित गर्दै सहयोग गर्दै आएको मेयर यादवले प्रशंसा गरे ।

डा. निरज कुमार सिंहले ग्रामीण भेगमा स्वास्थ्य बारेमा जनचेतना राम्रोसँग नभएको कारणले सर्वसधारण मानिसको शरीर भित्र धेरै रोग लाग्ने गरेको देखिन्छ उनले बताए । बेला बखतमा आफनो स्वास्थ्य परिक्षण रामोसँग गराउन नसकेकोले पछि अन्य रोगहरुले ग्रसित बनाइदिन्छ । आज स्वास्थ्य शिविरबाट थाहा भयो त्यसैले सरकारले पनि समय–समयमा शिविर गाउँ–घरमा चलाउन आवश्यकता देखिएको उनले आग्रह गरे ।

रौतहटको सबभन्दा बढी ग्रसित र पिछडिएको स्थान मध्ये ब्रहम्पुरी नै पर्छ जस्तो लाग्यो किन भने प्रत्येक बर्ष बागमती नदीको चपेटामा परेर बाढीले क्षती पुर्याउने कारणले यहाँ बसोबास गर्ने मानिसहरुमा आर्थिक, मानसिक र शारिरीक रुपमा पछाडी परेको महशुस भएको डा.सिंहको भनाइ हो । आज आफनै जन्म स्थलमा शिविरले जुडाएको अवसर मेरो लागि अतिल्नीय रहेको बताए । बिरामीलाई चेकजाँच गर्दा अधिक मात्रामा सुगरको बिरामी भेटे आजै यही ५ सय जति सुगर भएको समेत एकजना बिमारी भेटाए त्यस्ता धेरै बिरामी छ जसलाई थाहै हुदैन, रोगको लक्ष्णलाई बारेमा तर कुनै चासो नगरी हिडने बिरामीलाई पछि धेरै गाह्रो बनाएर शरिरलाई पूर्ण रुपमा कमजोर मात्र बनाउदै उपचार गराउन आर्थिक समेतमा ठूलो असर पर्छ त्यही भएर बर्षमा एक पल्ट अनिवार्य आफनो स्वास्थ्य परिक्षण गराउन उनले आग्रह समेत गरेका हुन ।

आज बिहानै ११ बजेदेखि संचालित शिविर दिउसो ४ बजेसम्म चलेको थियो ।






