धनुषामा विष सेवनबाट तीन सन्तानको मृत्यु, आमा गम्भीर

जनकपुरधाम, वैशाख ९ गते । धनुषा जिल्लाको सहिदनगर नगरपालिका–५ यदुकोहामा विष सेवनको घटनामा तीन सन्तानको ज्यान गएको छ भने आमा गम्भीर छिन् ।

स्थानीय सुशील साहका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीया छोरी आकृति साह र २ वर्षीया आरुसी साहको विष सेवनबाट मृत्यु भएको हो ।

सुशीलकी ३० वर्षीया श्रीमती पविता साह गम्भीर अवस्थामा जनकपुरस्थित प्रादेशिक अस्पतालको भेन्टिलेटरमा राखेर उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।

प्रहरी निरीक्षक सञ्जिव यादवका अनुसार सोमबार साँझ करिब ६ः४० बजे उनीहरूलाई घरमै अचेत अवस्थामा फेला पारिएको थियो। स्थानीयवासीले तत्कालै सबैलाई अस्पताल पु¥याए पनि तीन बालबालिकालाई बचाउन नसकिएको जनाइएको छ।

घटना भएको केही समयपछि मात्र, राति करिब ९ बजे प्रहरीलाई खबर गरिएकाले अनुसन्धान ढिलो सुरु भएको हो। प्रारम्भिक अनुसन्धानका आधारमा पविता साहले पारिवारिक विवादका कारण छोराछोरीलाई विष खुवाएर हत्या गरेपछि आफूले पनि आत्महत्या प्रयास गरेको हुनसक्ने प्रहरीको आशंका छ। घटनाको थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

ताजा समाचार

Related Articles