वीरगञ्ज, १३ असार । श्री गहवामाई रथयात्रा २०८२ को अवसरमा वीरगञ्जका विभिन्न संस्था तथा क्लबहरूको संयुक्त आयोजनामा चिसो सर्बत तथा पानी वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
घन्टाघर, जेलरोड, छपकैया, वडा प्रहरी कार्यालय बिर्ता, आदर्शनगर लगायतका स्थानहरूमा सञ्चालन गरिएको कार्यक्रममा रथयात्रामा सहभागी भई दर्शन गर्न आएका हजारौ भक्तजनहरूले गर्मीको मौसममा चिसो पेय पदार्थको सेवा प्राप्त गरेका थिए।
कार्यक्रम आयोजकहरूका अनुसार भीडभाड र गर्मीका बीच भक्तजनलाई सहजता र राहत प्रदान गर्ने उद्देश्यले सेवा कार्यक्रम सञ्चालन गरिएको हो।